logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनताको अपेक्षाअनुसार विकास परियोजना अघि बढ्नेछन् : प्रचण्ड


अंकुरण खबर
1.716K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा जनताको अपेक्षाअनुसार अझ व्यापक रुपमा विकास परियोजना अघि बढ्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको र सिमानाका समस्या समाधान गर्ने, नेपालकै भूगोललाई नक्सामा समावेश गर्ने लगायतका काम हुनु भोलिका दिनका लागि सुखद संकेतका रुपमा लिन सकिने बताए ।

उनले आजको संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको संकल्प लिने दिनका रुपमा रहने पनि बताए । उनले पार्टीभित्रको एकतालाई नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता पनि उल्लेख गरेका छन् ।