महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षीय प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।