भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन् ।