logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै कार्यालयमा कार्यरत युवतीको बलात्कार अभियोगमा अधिकृत पक्राउ


अंकुरण खबर
806
Shares

कैलालीमा जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् ।

उनलाई आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई जबरजस्ती गरेको आरोप लागेको हो ।

जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीय महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले विभिन्न डर धम्की देखाएर बलात्कार गर्ने गरेको आरोप ती महिला कर्मचारीले लगाएकी छन्।

उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।