logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेरिसडाँडामा नेकपा सचिवालय बैठक सुरु


अंकुरण खबर
793
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सचिवालय बैठक सुरु भएको हो । यस अघि प्रधानमन्त्री निवास बालुवाटार तथा धुम्बाराहीमा बस्दै आएको बैठक पहिलो पटक पेरिशडाँडामा सुरु भएको हो।

नेकपा (एमाले) र माओवादी एकीकरण भएपछि दुवै पार्टीले प्रयोग गर्दै आएका केन्द्रीय कार्यालयलाई पनि पार्टी तथा संगठनका कार्यालय तोकिएको थियो । धुम्बाराहीस्थित एमालेको कार्यालयलाई नेकपाको कार्यालय तोकिएको थियो भने माओवादीको कार्यालयलाई जनवर्गीय संगठनको कार्यालय तोकिएको थियो।  त्यसयता पेरिशडाँडामा पार्टीको बैठक बस्न सकेको थिएन।

आइतबार पेरिसडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटीले पारित गरेका एजेन्डाका विषयमा छलफल हुने जनाएको छ। साथै मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने बताइएको छ ।

सचिवालय बैठक संविधान दिवसलाई कारण बनाएर शुक्रबार स्थगित भएको थियो ।