गण्डकी प्रदेशमा ६ जना प्रहरी कर्मचारीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा लमजुङका १५, कास्कीका १३ र तनहुँका २ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएकोमा ६ जना प्रहरी कर्मचारी हुन् ।
यस्तै, तनहुँका २ जना संक्रमित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत बिरामी हुन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।