नेपालमा पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ९६६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ४५१ जना बसिरहेका छन् ।