आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन् । यससँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ ।
पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ ।