logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट एक नेपाली सैनिकको मृत्यु


अंकुरण खबर
975
Shares

नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणको कारण मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

यसैबीच नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेका छन् भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।