विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरसको महामारीबाट अछुतो रहने देश बिरलै छन्।
सुरुआतमा पूर्ण शतर्कता अपनाए पनि छिमेकी मुलुक भारतसँगको खुला सिमानाका कारण नेपालका पनि प्राय सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।
तर, अहिले देशभर ७ हजार ४७८ जना सक्रिय संक्रमित भए पनि सात वटा जिल्ला कोरोना भाइरसमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा अहिले कोरोना संक्रमित छैनन्।
यसअघि सोलुखुम्बुमा १२ जनामा संक्रमण देखिएको थियो। त्यस्तै रसुवामा १८, मुस्ताङमा ४, डोल्पामा ६, हुम्लामा ५ र मुगुमा १३ जनामा सक्रमण देखिएको थियो। तर, अहिले यी सात जिल्ला संक्रमण मुक्त छन्।