logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झिनो अंकले बढ्यो नेप्से


अंकुरण खबर
1.456K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सातको पहिलो दिन आज झिनो अंकले बढेको छ ।

आइतबार नेप्से ३ अंकले बढेर १ हजार ५७५ दशमलव १८ विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज २ अर्ब ७४ करोड २७ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा होटल, डेभलपमेन्ट बैंक र बैंकिङबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।

नेप्सेका अनुसार आज १८८ कम्पनीका ९२ लाख १७ हजार ५ सय ४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ बराबरको कारोबार भयो ।

आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी किनबेच भएको छ । रिलायन्सको १९ करोड ४७ लाख ३७ हजार ९ सय १६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।