logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक लोचन रिजाललाई कोरोना संक्रमण


अंकुरण खबर
1.443K
Shares

गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण देखिएको छ ।

रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण देखिएको र आइसोलेसनमा रहेको बताएका छन् ।

त्यस्तै आफ्नो सम्पर्कमा आएका अन्य सबैलाई सचेत हुन र परीक्षण गर्न अनुरोध समेत गरेका छन् ।

लोचनले धुलिखेल अस्पतालबाट कोरोना जाँच गराएका हुन् । मंगलबारदेखि टाउको दुख्ने, ज्वरो आउने, जिउ गलेजस्तै हुने भएपछि कोरोना परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ देखिएको जनाएका छन् ।

अहिले उनी धुलिखेल अस्पतालबाट ३ किलोमिटर टाढा चौकोटस्थित होटलमा आइसोलेसनमा छन् ।