logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा परेका क्रिकेटर भण्डारीको स्वास्थ्यमा सुधार हुदैँ


अंकुरण खबर
1.612K
Shares

सडक दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीकोे स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले भण्डारीलाई आईसियुबाट केबिनमा सारिएको जानकारी गराएको छ ।

गत आइतबार धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकको ठक्करबाट भण्डारी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।

कोहलपुरले उनलाई काठमाडौं रिफर गरेसँगै गत हप्ताको सोमबार उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।