नेपालगञ्जमा कोरोना संक्रमणबाट एक कैदीको मृत्यु भएको छ।
कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं. ४, सहारेका ५८ वर्षीय कैदीको मृत्यु भएको हो।
भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएका उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको पुष्टि गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो।
उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । भदौ २१ गते बिहान स्वाव लिइएकोमा त्यही दिन राती दश बजे कोरोना पोजिटिभ देखिएको थियो ।