logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंका स्कुलका अनलाइन शिक्षा शुल्कमा एकरुपता ल्याइने


अंकुरण खबर
871
Shares

काठमाडौं उपत्यकामा अनलाइन शिक्षा शुल्कमा एकरुपता कायम गरिने भएको छ ।

सरकारले जारी गरेको निर्देशिकाले पालिकालाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले अनलाइन शिक्षा शुल्कमा एकरुपता ल्याउन छलफल थालेको हो ।

उपत्यका नगरपालिका फोरमका सचिव एवं भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल भैरहेको जानकारी दिए ।

सबैको रायका आधारमा फोरमले शुल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उनले जानकारी दिए ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यका प्रभावित भैरहेको भन्दै उनले त्यसको नियन्त्रणका उपायहरुबारे समेत छलफल थालिएको बताए ।

उपत्यका नगरपालिका फोरम यसअघि सार्वजनिक गाडी तत्काल सञ्चालन गर्न नहुने पक्षमा थियो । तर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ ।