‘हिमचितुवा’को नामले परिचित हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ ।
उनको ७२ वर्षको उमेरमा आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लामो समयदेखि कलेजो र मस्तिष्कको समस्याबाट ग्रसित थिए ।
१५ वर्षको उमेरदेखि नै भरियाका रुपमा पर्वतारोहणको क्षेत्रमा काम शुरु गरेका शेर्पाले विना अक्सिजना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।
अक्सिजनको सहाराबिना सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी शेर्पाले २ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए ।
उनी सन् १९८३ मा पहिलोपटक अक्सिजनबिनै सगरमाथाको शिखरमा पुगेका थिए ।