logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कात्तिक ७ गतेसम्म क्लिन फिड लागू गर्न संसदीय समितिको सरकारलाई निर्देशन


अंकुरण खबर
4.511K
Shares

विज्ञापन बोर्ड गठन गरेर विज्ञापनरहित टेलिभिजन च्यानल (क्लिनफिड) लागू गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ।

संसदीय समितिले कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको हो ।

राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरि क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले २०७७ कार्तिक ७ गतेभित्र बोर्ड गठन गरि ऐनको दफा ६ अनुसार डाउन लिंक अनुमित लिएर नेपालमा प्रशारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिकी सभापति कल्याणी खड्काले भनिन्, ‘तोकिएको समयमै क्लिनफिड लागू गर्न सरकारको के कस्तो तयारी छ भन्ने जानकारी गराउन समितिले निर्देशन दिएको छ।’

समितिले क्लिनफिड लागू गर्दा नेपालको टेलिभिजन च्यानल हेर्ने दर्शकलाई पर्ने असरको बारेमा पनि जानकारी गराउन निर्देशन दिएको छ।

‘ऐनको प्रभावकारी कार्यान्वयनका लागि विज्ञापनरहित हुन नसक्ने विदेशी टेलिभिजन प्रसारण रोक्न मन्त्रालयले के कस्तो कार्ययोजना बनाएको छरु’, समितिले प्रश्न गर्दै जानकारी गराउन निर्देशन दिएको छ।

त्यस्तै, यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानलहरु रोकिने अवस्था रहन्छ र यसले पार्ने सकारात्मक÷नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारण १५ दिनभित्र समितिमा पठाउन समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।