logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर भेन्टिलेटरमा ३१ र आईसीयूमा १९६ जना संक्रमित उपचाररत


अंकुरण खबर
1.352K
Shares

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ सय २७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार ३१ जना भेन्टिलेटरमा र १९६ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२८ जना आइसियु र  ३१ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश ५ मा २२ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  १० जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ५  र कर्णाली प्रदेशमा १५ आइसियुमा उपचाररत रहेका छन् ।