एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले आज सार्वजनिक गरेको छ ।
आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटक-पटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् ।
शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।