logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा सात महिने बालिकासहित थप २३ जनामा कोरोना संक्रमणपुष्टि


अंकुरण खबर
910
Shares

भरतपुर अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालका अनुसार चितवनका २२ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका तीन महिला, एक पुरूष र खैरहनीका १० पुरूष र सात महिने बालिकासहित पाच महिला तथा रत्नपुरका एक पुरूष र दुई महिलामा संक्रमण पुष्टि भएको छ ।

बाँकी एक जना भने भने बारा जितपुरकी ६८ वर्षीया महिला रहेको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् ।