logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

२२ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भए डा. भोला रिजाल दम्पती दम्पती


अंकुरण खबर
2.262K
Shares

स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल‍ र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् ।

डा. रिजालले आफूहरु २२ दिनको अस्पताल बसाईपछि सोमबार डिस्चार्ज भएको जनाएका हुन् । उनले आफुहरुको उपचारमा संलग्न अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमणबाट सुरक्षित रहन नियमित हात धुन, अनुहार छोप्न र सामाजिक दूरी कायम गर्न पनि सबैलाई आग्रह गरेका छन् । कोभिडको कुनै लक्षण देखिएमा आफूलाई अलग राख्न पनि उनको आग्रह छ ।

गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि रिजाल दम्पती भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।