logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेल अस्पताललमा ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.209K
Shares

धुलिखेल अस्पताललमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको हो । योसहित काभ्रेमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि ती महिलाको मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा .नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिलाले धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गरेकी थिइन् ।