नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै चाँडै उडान भर्ने र विदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन पनि अनुरोध गरेका छन् । उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धनयवाद् दिएका छन् ।
उनले आफ्ना अनुभूति समेटेर एक ‘भ्लग’ पनि बनाएर सेयर गरेका छन् । उनले आफ्नो युट्युब च्यानल ‘विजय लामा’ मा २७ मिनेट ३१ सेकेण्डको भिडियोमा आफ्नो अनुभव व्यक्त गरेका हुन्।
स्टार अस्पताल सानेपा ललितपुरमा उपचाररत कोरोना संक्रमित क्याप्टेन लामाले लेखेका छन् :
