logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह


अंकुरण खबर
1.638K
Shares

सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’

बैठकले सांगठनिक सुद्धीकरणका बाँकी कामलाई पूरा गर्न १० दिन भित्रमा ठोस प्रस्ताव पेस गर्ने जिम्मेवारी दुई अध्यक्ष र महासचिवलाई दिएको उनले जानकारी दिए । उक्त प्रस्ताव आगामी सचिबालय बैठकमा प्रस्तुत गर्ने र छलफल पछि टुंगोमा पुग्ने निर्णय बैठकले गरेको छ।

विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले पार्टी एकता , समझदारी र विश्वासलाई सुदृण बनाउनका साथै पार्टीर सरकारको सम्बन्धलाई मजवुद बनाउने सफल भएको विश्वास लिइएको प्रवक्ता श्रेष्ठले बताए ।