logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
949
Shares

नेपालमा थप १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन् । योसँगै ४८ हजार ६१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२९ जनाको मृत्यु भएको छ ।