logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविले उत्तरपुस्तिका जलाएपछि अख्तियारले थाल्यो छानबिन


अंकुरण खबर
1.378K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको ‘क्वान्टम मेकानिक्स’को विवादित परीक्षाको उत्तरपुस्तिका जलाएकोमा छानबिन थालेको छ ।

उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी प्रतिवेदन नष्ट गरी प्रमाण लोप गरेको कसुरमा अख्तियारले छानबिन थालेको हो। पीडित विद्यार्थी आशीष पौडेलले भदौ ४ गते त्रिविले उत्तरपुस्तिका जलाई अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै कारबाही माग राखी राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए।

अनुसन्धान आयोगका सूचना अधिकारी गणेश बहादुर अधिकारीले पीडित विद्यार्थी पौडेलले दिएको उजुरी उपर अख्तियारले छानबिन गरिरहेको जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा दर्ता भएको उजुरीको सम्बन्धमा उक्त उजुरी उपर आयोगको मिति २०७६ १० २१ को निर्णयअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम १० को उपनियम ९१० बमोजिम तामेलीमा रहेको छ।’ परीक्षा २०७५ पुस २९ गते भएको थियो। परीक्षामा ४५ पूर्णाङ्कको प्रश्नमा ४० नम्बरको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए।

काठमाडौंको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसको परीक्षा केन्द्रमा एकपटक वितरण गरिसकेको प्रश्नपत्र फिर्ता लिएर सोही प्रश्नपत्र वितरण गरी परीक्षा सुचारु गर्दा गोपनीयता भंग हुने भन्दै विद्यार्थीले चरणबद्ध आन्दोलन गरेका थिए।