प्रदेश २ मा मंगलवार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ४ महिला र ४५ पुरुष गरी कुल ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७१ पुगेको छ । हालसम्म प्रदेशका २ हजार ५३ महिला र ११ हजार १८ पुरुषमा कोराना संक्रमण देखिएको छ ।