डाक्टर गोविन्द केसी ट्रमा सेन्टरबाट निस्किएर त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
डाक्टर केसी ट्रमाबाट बाहिरिए लगत्तै आफ्ना सहयोगीहरुका साथ ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।
आफ्नो अवस्था सामान्य रहेको भन्दै घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई डिस्चार्ज गरेका थिए ।
डा केसीका सहयोगी हिमालयन कार्कीका अनुसार डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पतालमा गराउने र अस्पतालमा बसेर अनसनलाई जारी राख्ने कार्कीले बताए ।
कार्कीका अनुसार डा केसीको सामान्य प्रेसर सुगर लगायतका स्वास्थ्य जाँच हुँदैछ । स्वास्थ्य जाँच गर्न माने पनि अनशन भने माग पूरा नभएसम्म जारी राख्नेछन् ।
अनसन बसेका डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो ।