बर्दियाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुरमा उपचारका क्रममा गए राती बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।