logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमचितुवा शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


अंकुरण खबर
1.053K
Shares

विश्व कीर्तिमान पर्वतारोही ‘हिमचितुवा’ अर्थात् आङरिता शेर्पाको आज अन्त्येष्टि गरिँदैछ ।

मन्त्रिपरिषद बैठकले हिजो गरेको निर्णय अनुसार शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विहान ९ बजे बौद्धस्थित शेर्पा गुम्बामा पुगेर शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम रहेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।

त्यसपछि १० बजे शेर्पाको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको उनले बताए । अक्सिजन बिना नै १० पटक सगरमाथाको सफल आरोपण गरी साहसिक पहिचान बनाएका शेर्पाको गत सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन भएको थियो ।