कोरोना संक्रमणका कारण विराटनगरको विराट मेडिकल कलेज बुढीगंगाको आइसोलेनमा एक पुरुषको मृत्यु भएको छ ।
झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान ५ :५० बजे मृत्यु भएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार, मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो । उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
उनी असोज पाँच गते विराट मेडिकल कलेजमा भर्ना भएका थिए । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।