अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ  ।

त्यस्तै आज चाँदीको मूल्य १२३० रुपैयाँमा कारोबार भएको थियो ।

Comment here