logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पृथ्वी राजमार्गमा पहिरोमा परेर २ वटा गाडी पुरियो


अंकुरण खबर
1.105K
Shares

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा आज बिहान पहिरो खस्दा २ वटा गाडी पुरिएका छन्।

पहिरोले काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ आउँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिएको छ ।