कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको हो ।
कलेजोको समस्या रहेको उनी भदौं १६ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै धापाखेलका ८० वर्षीय वृद्धको मंगलबार मेघा अस्पतालमा मृत्यु भएको हो । भदौं ६ गते उपचारको लागि अस्पताल भर्ना भएका उनमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ।