विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।
उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।
शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पु¥याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजन लगायतको सहभागीता थिए ।
अक्सिजन बिना नै १० पटक सगरमाथाको सफल आरोपण गरी साहसिक पहिचान बनाएका शेर्पाको गत सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन भएको थियो ।
सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् ।