logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालबालिकालाई चकलेट दिएर सुनको मुन्द्रा लुट्ने महिला पक्राउ


अंकुरण खबर
1.209K
Shares

उपत्यकामा बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार म्याग्दी घर भई काठमाडौंको बालाजुमा बस्ने ३२ बर्षीया संगिता क्षेत्रीलाई महानगरीय प्रहरी वृत बौद्धले गोकर्णेश्वर नगरपालिका–८ माकलवारीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उपत्यकाको तारकेश्वर, मनमैजु, कपन, कपुर धारा, गल्कोपाखा, नागार्जुन, स्युचाटार, कोटेश्वर लगायत २२ ठाउँमा बालबालिकालाई तिम्रो आमाको साथी हुँ भनेर चकलेट आइसक्रिम दिएर ललाई फकाई कानको सुन तथा मुन्द्रा लुट्ने गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै संगिताले लुटेको सुन सस्तो खरिद गरेर विक्री गर्ने काभ्रे रोसी नगरपालिका–१२ का मुरली वि।क।लाई पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा संगीताले लुटेका मुन्द्रा र रिङहरु बिकलाई बेच्ने गरेकी थिइन् ।

प्रहरीले संगीताको साथबाट केही नगद र एउटा मोवाइल, बिकबाट एउटा सुनको सिक्री, अन्धाजी ६१ लाल गालेको सुन, ३० हजार ५०० नगद र एउटा मोवाइल लगायत बरामद गरेको छ ।