logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा कोरोनाबाट वडा अध्यक्षको मृत्यु


अंकुरण खबर
1.157K
Shares

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुर्य बहादुर थारु कमलको आज कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा ३९ बर्षीया वडा अध्यक्ष थारुको मृत्यु भएको हो ।

एक साता देखि नै भेरी अस्पतालमा उपचार गराईरहेका वडा अध्यक्ष थारुको आज बिहान करिब साढे १० बजेको समयमा मृत्यु भएको अस्पताल प्रसाशनले घोषणा गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी गराएका छन् ।

करिब एक साता देखि नै घरमा बिरामी रहेका अध्यक्ष थारुलाई उपचारका लागि भदौ २९ गते भेरी अस्पताल लगिएको थियो ।

अस्पतालमा कोरोना परिक्षण गर्दा भदौ ३० गते नै कोरोना पोजेटिभ रहेको पुष्टी भएको थियो । कोरोनाका कारण गम्भिर अबस्था भएको कारणले अपस्तालको आईसोलेशनमा उपचार क्रममा वडा अध्यक्ष थारुको मृत्यु भएको हो ।

बर्दियामा वडा अध्यक्ष थारु सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ९५ जना रहेको छ ।