logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज


अंकुरण खबर
858
Shares

नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर १८९३ जना घर फर्किएका छन् । योसँगै ाहालसम्म ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ ।