logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ हजारभन्दा बढी सक्रिय संक्रमित थपिए लकडाउन गर्न मन्त्रालयको सिफारिस


अंकुरण खबर
884
Shares

स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । अब २५ हजार पुग्न ८ हजार संक्रमित थपिनुपर्ने हुन्छ । नेपालमा दैनिक १ जना भन्दा बढी संक्रमित थपिइरहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो।

२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लकडाउनको सिफारिस गरिएको उनले बताए।

साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए।

विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शुल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।