समाचार

पहिरोले नारायणगढ-मुग्लिन सडक ठप्प, सकेसम्म उक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध

नारायणगढ-मुग्लिन सडकमा बुधबार दिउँसो पहिरो जाँदा काठमाडौं आउने जाने गाडीहरु रोकिएका छन् ।

इच्छाकामाना गाउँपालिका–६ चार किलोमा दिउँसो साढे ४ बजे पहिरो खसेको हो । जसका कारण दुईतर्फी नै गाडी चल्न नसकेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निरन्तर वर्षा भइरहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले बताएको छ । वर्षा केही दिन निरन्तर रहने भएकोले उक्त सडक खण्ड भएर सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

नारायणगढ मुग्लिन सडकमा पहिरोको अत्याधिक जोखिम छ ।

Comment here