नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसदका रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको हो । उनलाई मन्त्री समेत नबनाउन आदेश दिएको बताइएको छ ।
यसअघि नेकपाको सचिवालय बैठकले निर्णय गरेपछि मन्त्रिपरिषदले वामदेवलाई सांसद बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गौतमले राष्ट्रपतिबाट सिफारिस भइसकेपछि राष्ट्रिय सभा सदस्यको रुपमा १ असोजमा सपथ लिइसकेका छन् ।
तर प्रतिनिधि सभा निर्वाचनमा हारिसकेको व्यक्तिलाई राष्ट्रिय सभामा लगिएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट हालेका थिए ।
गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए।