कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–१० बस्ने २९ को रघुवीर सिंह धामीको करेन्ट लागेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय नन्दराम ठगुन्नाको खेतबारीमा अज्ञात व्यक्तिले विद्युतीय तार जोडी खेतमा करेन्ट छोडेको अवस्थामा खेतबारीमा खरायो छोप्न गएका बेला उनलाई करेन्ट लागेको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले खेतमा विद्युतीय तार कसले छोडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।