logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा पहिरोले २ घर पुरियो, ६ जना बेपत्ता


अंकुरण खबर
3.107K
Shares

पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ६ जना बेपत्ता भएका छन् ।

माथिबाट खसेको पहिरोमा परेर दुई घर पुरिएको र पहिरोमा ६ जना बेपत्ता भएका हुन् । रम्भा गाउँपालिका वडा नम्बर २ को फोक्सिङकोटस्थित २ घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जानकारी दिएको छ ।

उद्दारका लागि प्रहरीको टोली गएको भएपनि बाटोमा पहिरो गएकाले बीचबीचमा अवरोध भएको कार्यालयका डीएसपी मदन गिरीले जानकारी दिए । उनका अनुसार, पहिरो पन्छाउँदै अगाडि बढिरहेको टोली घटनास्थल पुग्न केही समय लाग्नेछ ।