logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु , ८ जना पुरिए


अंकुरण खबर
832
Shares

स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ ।

घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहे पनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले बताए ।

यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।