logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेन्टिलेटरमा उपचाररत नवलपरासी र कपिलवस्तुका २ संक्रमितको बुटवलमा मृत्यु


अंकुरण खबर
728
Shares

बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ ।

उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।