logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जा पहिरो अपडेट : पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७ पुग्यो


अंकुरण खबर
1.131K
Shares

स्याङ्जाको वालिङ नगरपालिका-१४ तमादीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको थियो भने चार जना बेपत्ता थिए ।

जसमध्ये १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपालीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार यसअघि पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

उनका अनुसार बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको छ । पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखर रिफर गरिएको छ ।