logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो


अंकुरण खबर
676
Shares

केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ मा बिहीबार बिहान घर माथिबाट पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ ।

त्यसैगरी कालिगण्डकी-४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ ।