logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अविरल वर्षासँगै तिनाउ नदीमा पानीको वहाव उच्च


अंकुरण खबर
2.054K
Shares

अविरल बर्षाका कारण रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा पानीको बहाब बढेको छ । बहाब बढेसँगै आसपासका क्षेत्रमा जोखिम बढेको छ ।

बाढीले बुटवल ११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान थालेको छ ।

बाढिले अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केहीभाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र खनालले बताए ।

नदी आसपासका वस्तीमा जोखीम बढेकाले पानी नरोकिए आसपासका केही वस्ती सार्नुपर्ने उनले बताए । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी सहितको टोलीले तिनाउ स्थलगत अनुगमन गरेको छ ।

बाढी सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ ।

साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका वासिन्दालाई सुरक्षीत हुन सूचना प्रवाह गरेको छ ।