logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.521K
Shares

नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर ४५७ जना घर फर्किएका छन् । योसँगै ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५३ जनाको मृत्यु भएको छ ।