logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.482K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा थपिदै गएको छ ।